अष्ट्रेलिया बाहिर

अवैध रुपमा डुंगाबाट अष्ट्रेलिया आउन खोज्ने जो कोहिलाई फर्काईनेछ वा उनीहरूको मातृभुमि देशमा फिर्ता पठाईनेछ।

अवैध रुपमा अष्ट्रेलिया पुग्न खोज्नेहरूका लागि अष्ट्रेलियाको सीमा बन्द छ, र यो बन्द रहिरहने छ।

अवैध रुपमा अष्ट्रेलिया पुग्ने प्रयासले केहि आर्थिक लाभ हुँदैन।

मानव तस्करहरूको झुठमा नफस्नुहोस्, उनीहरूले तपाईको पैसा मात्र खाईदिन्छ।

अवैध रुपमा डुंगाबाट अष्ट्रेलिया आउने प्रयास गर्नु ब्यर्थ छ र अधिक खतरनाख हुन्छ।

सार्वभौम सीमा कारवाही

अष्ट्रेलियन सरकारले समुद्र हुने मृत्यु रोक्न तथा मानव तस्करीको संजाललाई निरुत्साहित पार्न कडा सुरक्षा नीति लागु गरिरहेको छ।

This poster represents the 'you will be turned back' policy. The poster directs the reader to www.australia.gov.au/novisa

सार्वभौम सीमा कारवाही (OSB) अन्तर्गत, डुंगाबाट अवैधरूप अष्ट्रेलिया यात्रा गर्न खोज्ने जोकोहिलाई पनि उनीहरू प्रस्थान गरेको देशमा फर्काईने छ।

अवैधरुपमा अष्ट्रेलियामा डुंगाबाट यात्रा गर्नेहरूलाई अष्ट्रेलियामा प्रक्रिया चलाउने (प्रोसेसिंग) तथा घर बसाउने बिकल्पै छैन।

आफ्नो सीमा सुरक्षा गर्न तथा मानव तस्करीको आपराधिक गतिविधि अन्त्य गर्न अष्ट्रेलिया प्रतिबद्ध रहेको छ।

अवैधरुपमा डुंगाबाट अष्ट्रेलिया यात्रा गर्ने सोचिरहेकाहरूलाई उनीहरूले अष्ट्रेलियामा कहिल्यै घर बसाउन पाउने छैन भन्ने सन्देश अष्ट्रेलिया बाहिर बिभिन्न संचार गतिविधिहरु मार्फत अष्ट्रेलियन सरकारले दिदै आएको छ।

􁮧बल र सुरिक्षत सीमाको 1000 􁳰दनह􁱨

मानव तस्करहरूको झूटमा विश्वास नगर्नुहोस्

मानव तस्करहरूले भन्लान कि अलिक समय पछि अष्ट्रेलियाले आफ्नो नीतिमा नरमी ल्याउने छ। अष्ट्रेलियन सरकारले आफ्ने कडा अडान परिवर्तन गरेको छैन र गरिदैन पनि।

अवैधरुपमा अष्ट्रेलियामा डुंगाबाट यात्रा गर्नेहरूलाई अष्ट्रेलियामा घर बसाउन पाउने छैन।

यो नियम सबैलाई लागू हुन्छ: परिवार, केटाकेटी, साथविनाका केटाकेटी, शिक्षित र दक्षलाई - यसमा कुनै अपवाद छैन।

आफ्नो पैसा खेर नफाल्नुस्। तस्करहरुको झूटमा विश्वास नगर्नुहोस्।

इन्डोनेसियामा UNHCR संग दर्ता

अष्ट्रेलियन सरकारले इन्डोनेसियाबाट पुनर्वासका लागि आउने शरणार्थीहरुका लागि नियमहरु परिवर्तन गरेको छ।

यदि तपाई इन्डोनेसियामा यात्रा गरी त्यहाँ 1 जुलाई 2014 वा सोभन्दा पछि UNHCR मा दर्ता हुनुहुन्छ भने तपाईलाई अष्ट्रेलियामा पुनर्वासका लागि विचार गरिने छैन।

इन्डोनेसियामा 1 जुलाई 2014 अगाडि UNHCR मा दर्ता भएका मानिसहरुलाई अष्ट्रेलियाले प्रदान गर्ने पुनर्वासको संख्यामा पनि कटौती गरिएको छ।

यस नियम सबैका लागि लागू हुन्छ। यसमा कुनै अपवाद छैन।

तथ्यपत्र

थप जानकारी

अष्ट्रेलियाको शरणार्थी र मानवीय कार्यक्रम बारे जानकारी लिन शरणार्थी र मानवीय हेर्नुहोस्।

शरणार्थी र मानवीय भिसामा हालै भएका परिवर्तनहरू बारे जानकारी लिन शरणार्थी र मानवीय भिसा हेर्नुहोस्।

शरणार्थी बारे, अफसोर प्रोसेसिंग, पुनर्बाश व्यवस्थापन, तथा अष्ट्रेलियाको शरणार्थी र मानवीय कार्यक्रम बारे ताजा समाचार पाउँन अध्यागमन तथा सीमा सुरक्षा विभाग को समाचार कक्ष हेर्नुहोस्।