अष्ट्रेलियामा

अवैध रुपमा डुंगाबाट अष्ट्रेलिया आउन खोज्ने जो कोहिलाई फर्काईनेछ वा उनीहरूको मातृभुमि देशमा फिर्ता पठाईनेछ।

अवैध रुपमा अष्ट्रेलिया पुग्न खोज्नेहरूका लागि अष्ट्रेलियाको सीमा बन्द छ, र यो बन्द रहिरहने छ।

अवैध रुपमा अष्ट्रेलिया पुग्ने प्रयासले केहि आर्थिक लाभ हुँदैन।

तपाईको परिवार वा साथीहरूलाई मानव तस्करहरूको झुठमा नफसाउनुहोस्।

मानव तस्करहरूले उनीहरूको पैसा लिन्छ र तपाईको परिवार खतरामा पर्छ।

अवैध रुपमा डुंगाबाट आउन खोज्ने जो कोहिलाई अष्ट्रेलिया बसोबास गर्ने बिकल्प छैन्।

सार्वभौम सीमा कारवाही

अष्ट्रेलिया सरकारले आफ्नो सिमाना सुरक्षा गर्न तथा मानब तस्करी रोक्न कडा सिमा सुरक्षा नियन्त्रणहरू राखेको छ। यदि बिना भिसा तपाई परिवार तथा तपाईको साथीहरू डुंगामा आउनु भयो भने उनीहरू अष्ट्रेलियामा पुग्ने छैन।

This poster represents the 'you will be turned back' policy. The poster directs the reader to www.australia.gov.au/novisa

सार्वभौम सीमा कारवाही अन्तर्गत, डुंगाबाट अवैधरूप अष्ट्रेलिया यात्रा गर्न खोज्ने जोकोहिलाई पनि उनीहरू प्रस्थान गरेको देशमा फर्काईने छ।

अवैधरुपमा अष्ट्रेलियामा डुंगाबाट यात्रा गर्नेहरूलाई अष्ट्रेलियामा घर बसाउने बिकल्प छैन।

यो नियम सबैलाई लागू हुन्छ: परिवार, केटाकेटी, साथविनाका केटाकेटी, शिक्षित र दक्षलाई - यसमा कुनै अपवाद छैन।

􁮧बल र सुरिक्षत सीमाको 1000 􁳰दनह􁱨

आफ्नो पैसा खेर नफाल्नुस् - तस्करहरु झूटो बोल्दैछन

मानव तस्करहरूलाई पैसा ख्वाएर तपाई र तपाईको परिवारको सुरक्षा जोखिममा नराख्नुस्। यदि विना भिसा डुंगाबाट तपाई र तपाईको परिवार अष्ट्रेलिया आएमा उनीहरूलाई अष्ट्रेलियामा बस्न दिने छैन।

उनीहरू शरणार्थीका रूपमा स्वीकृत भएता पनि उनीहरूलाई अष्ट्रेलियामा बस्न दिने छैन।

यी नीतिहरू मानव तस्करहरूलाई रोक्न र समुद्रमा थप जीवन गुमाउनबाट रोक्न लागु गरिएको छ।

इन्डोनेसियामा UNHCR संग दर्ता

अष्ट्रेलियन सरकारले इन्डोनेसियाबाट पुनर्वासका लागि आउने शरणार्थीहरुका लागि नियमहरु परिवर्तन गरेको छ।

यदि तपाई इन्डोनेसियामा यात्रा गरी त्यहाँ 1 जुलाई 2014 वा सोभन्दा पछि UNHCR मा दर्ता हुनुहुन्छ भने तपाईलाई अष्ट्रेलियामा पुनर्वासका लागि विचार गरिने छैन।

इन्डोनेसियामा 1 जुलाई 2014 अगाडि UNHCR मा दर्ता भएका मानिसहरुलाई अष्ट्रेलियाले प्रदान गर्ने पुनर्वासको संख्यामा पनि कटौती गरिएको छ।

यस नियम सबैका लागि लागू हुन्छ। यसमा कुनै अपवाद छैन।

तथ्यपत्र